भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, ०४ असार | भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरिया नगरपालिका र रानीगंज आयुर्वेद अस्पतालको सहकार्यमा श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालय, पोखरिया, पर्सामा “स्वस्थ वृद्धावस्थाका लागि योग” विषय अन्तर्गत १२ औं अन्तर्राष्ट्रिय योग दिवस समारोहको आयोजना गरिएको छ ।

यो कार्यक्रम १२ औं अन्तर्राष्ट्रिय योग दिवस समारोहको क्रममा महावाणिज्य दूतावास द्वारा आयोजित गरिँदै आएको शृङ्खलाको चौथो कार्यक्रम थियो । विद्यार्थीहरू सहित ३ सय ५० भन्दा बढी योग उत्साही सहभागीहरूले यस कार्यक्रममा भाग लिए र स्वास्थ्य, सद्भाव एवं समग्र कल्याणको योगको शाश्वत सन्देशलाई उजागर गरेका छन् ।

यस आयोजनाको विशेष उद्देश्य विद्यार्थीहरूलाई सानै उमेरमा समग्र विकासका लागि योगका उत्कृष्ट लाभहरू बारे अवगत गराउनु थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा मधेश प्रदेश सरकारका भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री माननीय श्याम प्रसाद पटेल पनि उपस्थित हुनु हुन्थ्यो । पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युम्न प्रसाद चौहान, उप-प्रमुख तथा पूर्व नगरप्रमुख विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।

आफ्नो सम्बोधनमा महावाणिज्य दूत देवी सहाय मीना ले सहभागीहरूलाई उत्तम स्वास्थ्य, सद्भाव र समग्र कल्याणका लागि योगलाई दैनिक जीवनमा अपनाउन प्रेरित गर्नु भएको थियो ।

यसै गरी प्रमुख अतिथि माननीय श्याम प्रसाद पटेल र नगरप्रमुख चौहानले विभिन्न स्थानमा योग कार्यक्रम आयोजना गरी योग प्रवर्द्धन गर्ने महावाणिज्य दूतावासको प्रयासको प्रशंसा पनि गरेका थिए ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०४ असार । ईलाका प्रहरी कार्यालय, पोखरीया तथा प्रहरी चौकी, मिर्जापुर ले विशेष सूचनाको आधारमा बुधबार राति करिब ०९:१० बजेको समयमा पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका…

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्बारा लाखौं मूल्य बराबरको विभिन्न सामान सहित सवारी साधन नियन्त्रण-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, ०३ असार । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण मुख्यालय, पर्सा तथा मातहतका इकाईहरु द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका सामान लगायत सवारी साधनहरु…

    पहिलो

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 41 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-

    • June 18, 2026
    • 58 views
    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्बारा लाखौं मूल्य बराबरको विभिन्न सामान सहित सवारी साधन नियन्त्रण-

    • June 16, 2026
    • 89 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्बारा लाखौं मूल्य बराबरको विभिन्न सामान सहित सवारी साधन नियन्त्रण-

    भारतीय महावाणिज्य दूतावास द्वारा चितवनको नारायणी नदी किनारमा सफल योग कार्यक्रमको आयोजना-

    • June 16, 2026
    • 70 views
    भारतीय महावाणिज्य दूतावास द्वारा चितवनको नारायणी नदी किनारमा सफल योग कार्यक्रमको आयोजना-

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा सहित पिकअप तथा दुई जना मानिस नियन्त्रण-

    • June 16, 2026
    • 86 views
    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा सहित पिकअप तथा दुई जना मानिस नियन्त्रण-

    वीरगञ्ज महानगरपालिकाका कर्मचारीले पाए तलब, कार्यबाहक नगरप्रमुख आलमको पहलमा निकासा सुरु-

    • June 16, 2026
    • 75 views
    वीरगञ्ज महानगरपालिकाका कर्मचारीले पाए तलब, कार्यबाहक नगरप्रमुख आलमको पहलमा निकासा सुरु-