च्याम्पियन्स लिग: बायर्न र एटलेटिको विजयी, बार्सिलोना बराबरीमा रोकिदा लिभरपुल पराजित

 युइएफए च्याम्पियन्स लिगको नकआउट चरण (राउण्ड १६) का खेल शुरु भएका छन् ।

गएराती सम्पन्न पहिलो लिगका खेलमा बायर्न म्युनिख एटलेटिको म्याड्रिडले शानदार जित हासिल गरेका छन् भने बार्सिलोना बराबरीमा रोकिएको छ । त्यस्तै लिभरपुल  भने पराजित भएको छ ।

पहिलो लिगको खेलमा बायर्न म्युनिखले इटालियन क्लब एटलान्टालाई ६-१ गोल अन्तरले पराजित गरेको छ । बायर्नको जितमा माइकल ओलीसले २ गोल गरेका थिए भने जोसिप स्टानिसिक, सर्ज ग्नाबेरी, निकोलस क्याक्सन र जामल मुसियालाले एक एक गोल गरेका थिए । त्यस्तै एटलान्टाका लागि मारियो पासालिकले एक एक गोल गरेका थिए ।

त्यस्तै अर्को खेलमा एटलेटिको म्याड्रिडले टोटनह्यामलाई ५-२ गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामका लागि जुलियन अल्भारेजले २ गोल गरे भने मार्कोस लिओरेन्ट, एन्टोनी ग्रीजम्यान र रोबिन नोरमाण्डले एक एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि पेड्रो पोरो र डोमिनिक सोलान्केले एक एक गोल गरेका थिए ।

त्यसैगरी अर्को खेलमा बार्सिलोना र न्यूक्यासल युनाइटेड भने १-१ गोलको बराबरी खेलेका छन् । खेलको ८६औं मिनेटमा न्यूक्यासलले हार्भी बार्नेजको गोलमा अग्रता लिए पनि खेलको इन्जुरी समय पछि ९६औं मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टीलाई लामिन यमलले गोल गर्दै बार्सिलोनालाई हारबाट बचाएका थिए ।

त्यस्तै गएराती नै भएको अर्को खेलमा लिभरपुल टर्कीको क्लब गालाटासारेसँग १-० गोल अन्तरले पराजित भएको छ । गालाटासारेको जितमा खेलको सातौं मिनेटमा मारियो लेमिनाले गरेको गोल नै खेलको निर्णायक गोल भएको थियो ।

अब राउण्ड १६ का दोस्रो लिगका खेल मार्च १८ मा हुने तालिका रहेको छ ।

  • Related Posts

    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आजदेखि नेपाल, युएई र ओमानबीचको सिरिज शुरु हुदैछ । सिरिजको पहिलो खेलमा नेपाल र युएई आमने सामने हुदैछन् । यस खेलमा…

    आइपिएलमा आज दुई खेल हुदै

    काठमाडौँ । जारी आइपिएलमा आज दुई खेल हुदैछन् । आज पहिलो खेल दिल्ली क्यापिटल्स र पञ्जाव किंग्सबीच हुदैछ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३:४५ बजेदेखि शुरु…

    पहिलो

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 9 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 8 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 27 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 20 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 16 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    आजको राशिफल

    • April 27, 2026
    • 24 views