राइफल बोकेको तस्वीर शेयर गर्दै ट्रम्पले इरानलाई दिए यस्तो चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा राइफलसहितको आफ्नो तस्बिर सार्वजनिक गर्दै ‘अब नरम व्यवहार हुँदैन’ भन्ने सन्देश दिएका हुन् । 

उनले वार्ताको गति निकै सुस्त भएको भन्दै इरानले आफूलाई सम्हाल्न नसकेको टिप्पणी गरेका छन् । 

यता इरानले भने लामो युद्ध लड्न पर्याप्त हतियार मौज्दात रहेको दाबी गरेको छ । इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका उपप्रमुख अलाउद्दीन बोरुजेर्दीले देशसँग यति धेरै क्षेप्यास्त्र र ड्रोन रहेको बताउदै धेरै वर्षसम्म युद्ध जारी राख्न सक्ने बताएका छन् । उनले ट्रम्पको धम्कीलाई खोक्रो भन्दै इरान कुनै हालतमा पछि नहट्ने र संघर्ष जारी रहने बताएका छन् । बोरुजेर्दीले अमेरिकी समुद्री नाकाबन्दी प्रभावकारी नभएको र त्यसलाई अन्तर्राष्ट्रिय समर्थन पनि नपाएको दाबी गरे । उनले होर्मुज जलडमरूमाथि इरानको नियन्त्रण कायम रहने र त्यसलाई कहिल्यै नछोडिने बताएका छन् ।

यसैबीच पाकिस्तान फेरि अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउने प्रयासमा जुटेको छ । रिपोर्टअनुसार इस्लामाबादमा चाँडै दुवै देशबीच नयाँ शान्ति वार्ता हुन सक्ने सम्भावना छ । इरानले नयाँ प्रस्ताव तयार गरिरहेको बताइएको छ, जसलाई पाकिस्तानमार्फत अमेरिकासम्म पुर्‍याइनेछ। प्रारम्भिक चरणमा होर्मुज जलडमरू खोल्ने र इरानका रोकिएका सम्पत्ति फुकुवा गर्ने विषयमा ध्यान केन्द्रित हुने बताइएको छ । यदि अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी केही खुकुलो बनायो भने इरानले पनि यो महत्वपूर्ण समुद्री मार्ग खुला गर्न सक्ने जनाइएको छ ।

  • Related Posts

    प्रमुख २० समाचार

    १- जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट एकै समयमा खाली गर्ने जानकारी दिएको छ । बुधबार सूचना जारी…

    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    काठमाडौँ । अमेरिका आफ्नो स्वतन्त्रताको २५० औँ वर्षगाँठको अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले जानकारी दिँदै नयाँ डिजाइनका सीमित संस्करण…

    पहिलो

    प्रमुख २० समाचार

    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    • April 29, 2026
    • 12 views
    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    • April 29, 2026
    • 17 views
    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    कति छ महावीर पुनको सम्पत्ति ?

    • April 29, 2026
    • 19 views
    कति छ महावीर पुनको सम्पत्ति ?

    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    • April 29, 2026
    • 16 views
    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम

    • April 29, 2026
    • 18 views
    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम