मधेस प्रदेशमा एचआइभी सङ्क्रमित चार हजारभन्दा बढी

जनकपुर, २३ असार : मधेस प्रदेशमा चार हजार दुई सय ८७ जना एचआइभी सङ्क्रमितले नियमित औषधि सेवन गरिरहेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीनदिने प्रयोगशालासम्बन्धी…

सीप सिकेपछि आत्मनिर्भर बन्दै सदा समुदायका महिला

उदयपुर (गाईघाट), २३ असार : जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेस्थित दलित समुदायका महिला सीप सिकेपछि स्वरोजगार बन्दै गएका छन् । यसअघि परम्परागत पेसा ढकीमा माटो तथा गिटी बालुवा बोक्ने, जङ्गलबाट दाउरा…

एपीएफ र सुदूरपश्चिमलाई बास्केटबल प्रतियोगिताको उपाधि

काठमाडौं, २३ असार : नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत ह्वीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एपीएफ पुरुष र सुदूरपश्चिम महिलामा च्याम्पियन बनेका हुन ।…

राष्ट्रियसभा : अपाङ्गता भएका व्यक्तिलाई होच्च्याउने शब्द अभिलेखबाट हटाउन माग

काठमाडौँ, २३ असार : राष्ट्रियसभाको आजको बैठकमा सांसद पदमबहादुर परियारले अपाङ्गता भएका व्यक्तिलाई होच्च्याउने शब्द प्रयोग गरिएकामा आपत्ति जनाउनुभएको छ ।

सिद्धार्थ राजमार्ग भासियो

वालिङ (स्याङ्जा), २३ असार : स्याङ्जाको गल्याङ नगरपालिका–११ तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको झण्डै ५० मिटर सडक भासिएको हो ।…

मार्तडी–कोल्टी सडक पाँच दिनदेखि बन्द

बाजुरा, २३ असार : जिल्लाको पूर्वीउत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पाँच दिनदेखि बन्द छ । लगातारको वर्षाका कारण बडिमालिका नगरपालिका–७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी…

बलान नदीमा फसेका ६ किसानको उद्धार

राजविराज (सप्तरी), २३ असार : सप्तरीको बलान नदीमा आएको बाढीमा फसेका ५ किसानको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले २४ गाईवस्तुसँगै उनीहरुको उद्धार गरेको…

पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला

नवलपुर (नवलपरासी), २३ असार : नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै…

पहिरोमा पुरिएकी महिलाको शव भेटियो, दुईजनाको खोजी गरिँदै

दमौली (तनहुँ), २३ असार : तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएकामध्ये एक महिलाको शव भेटिएको छ । अन्य दुईजनाको खोजी जारी छ । पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको…

पहिरोले प्रहरी चौकीमा क्षति

ढोरपाटन (बागलुङ), २३ असार : पहिरोले बागलुङ नगरपालिका–६ मा पञ्चकोट प्रहरी चौकीमा क्षति पुगेको छ । सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिँढी र पर्खाल भत्किँदा प्रहरी रहेको भवनमा क्षति भएको…