पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत ५५ गर्भवती तथा सुत्केरीको उद्धार गरेको छ…
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
म्याग्दी । विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आएका बेनी नगरपालिका-२ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की यति बेला तिनको बिक्रीमा व्यस्त छन् । जिल्लाको पर्यटकीय स्थल लभ्लीहिलसँगै…
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
तनहुँ । बन्दीपुर गाउँपालिका-४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उनले रु. १० लाख पाँच सय…
कृषि क्षेत्र उपेक्षित भएको महोत्तरीका मतदाताको गुनासो
महोत्तरी । स्थानीय तह उपनिर्वाचनको सँघारमा भोट माग्न घरघर पुगेका विभिन्न राजनीतिक दलका नेतासँग महोत्तरी रामगोपालपुर-२ का मतदाताले कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको गुनासो गरेका छन् । भोट माग्दै घरघर…
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली
काठमाडौँ । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । शुक्रबार साँझ उक्त आयोजनाको पहिलो युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा…
मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
काठमाडौँ । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै…
अन्तर-सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
झापा । सशस्त्र प्रहरी बलले झापाको अन्तर-सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ । सीमा सुरक्षाका सशस्त्रले लागि नियमित गस्ती, चेकजाँच र…
व्यास नगरपालिकाद्वारा १ सय ८ जना दीर्घरोगीलाई आर्थिक सहयोग
तनहुँ । व्यास नगरपालिकाले एक सय आठ जना दीर्घरोगीलाई रु पाँच हजारका दरले आर्थिक सहयोग गरेको छ । क्यान्सर, मुटु रोग, मिर्गौला फेल भएका, कलेजो प्रत्यारोपण गरेका बिरामीलाई आर्थिक सहयोग…
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरूलाई दुनाटपरी गाँस्ने प्रशिक्षण दिएको छ । क्याम्पस प्रमुख एकदेव अधिकारीका अनुसार भोजभतेरमा प्लास्टिकका भाँडाको प्रयोग अत्यधिक बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न तालिमको…
सन् २०२४ मा युद्धका क्रममा २८१ सहायताकर्मीको मृत्यु
जेनेभा । सन् २०२४ लाई मानवीय सहायताका लागि सबैभन्दा घातक वर्ष घोषणा गरिएको संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले शुक्रबार बताएका छन् । संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला तथा आपत्कालीन राहत संयोजक टम…


















