नाग्म–गमगडी सडक स्तरोन्नति गरिँदै
जुम्ला, ८ असार : आन्तरिक तथा बाह्य पर्यटनको एक मात्र उपयुक्त आकर्षण पर्यटकीय गन्तव्यका रुपमा रहेको रारातालसम्म पुग्ने नाग्म–गममडी सडक स्तरोन्नति गर्न उक्त खण्ड १५ दिनसम्म बन्द हुने भएको छ…
बजेटका कारण सत्ता साझेदार दलबीच समस्या नहुने
श्चिम, ८ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्तासाझेदार दलबीच समस्या नहुने बताउनुभएको छ । प्रेस सेन्टरले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा सरकारका…
प्रहरीद्वारा एक करोडको सामान बरामद
जानकी (बाँके), ८ असार : जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा रु एक करोड ३१ लाख बराबरको सामान बरामद गरेको छ । बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक…
जङ्गली च्याउ खाँदा मृत्यु
दमौली (तनहुँ), ८ असार : तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी…
भूकम्पको नौ वर्षपछि असनको ‘इटाचापा’ को पुनःनिर्माण
काठमाडौँ, ८ असार । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौँ महानगरपालिका– २७ असनस्थित ऐतिहासिक महत्वको सम्पदा ‘इटाचापा’ को पुनःनिर्माण सुरु भएको छ । विसं १९९० को भूकम्प थेगेको…
पोखरामा ‘राइड सेयरिङ’ सञ्चालनमा रोक
गण्डकी, ८ असार । कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने…
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
मुग्लिन (चितवन), ८ असार : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर…
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
गलकोट (बागलुङ), ८ असार : बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि जिल्लाका मुख्य सडक भने कालोपत्र हुनसकेका छैनन् । यहाँका तीन मुख्य सडक वर्षौंदेखि कालोपत्र हुन सकेका…
अमेरिकामा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’
काठमाडौँ, ८ असार । अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को सातौँ संस्करण सुरू भएको छ । नवीन सुब्बाले निर्देशन गर्नुभएको चलचित्र ‘गाउँ आएको बाटो’ को अमेरिका प्रदर्शनी (युएसए प्रिमियर)…
दुर्घटनामा युवकको मृत्यु
बनियानी (झापा), ८ असार : झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मेचीनगर–१०…

















