प्रचण्डको खुमलटारस्थित निवासमा आगजनी
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मंगलबार ललितपुरको खुमलटारस्थित प्रचण्डको घरमा आगजनी गरिएको हो । बिहान पुगेका प्रदर्शनकारीले…
रास्वपाका सांसदहरुको सामुहिक राजीनामा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरुले राजीनामा दिएका छन् । राजीनामाको घोषणा गर्दै रास्वपाले प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री साथै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका साथै हिरासतमा लिई…
भैसेपाटीस्थित निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार
काठमाडौँ । ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार गरिएको छ । नेपाली सेनाका हेलिकप्टरले मन्त्रीहरुको उद्धार गरेपछि आन्दोलनकारीले नयाँ बनेको मन्त्री निवासमा आगजनी गरेका…
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । मन्त्री पौडेलले जेनजीको आन्दोलनमा १९ जनाको ज्यान गएपछि पदमा बसिरहन नैतिकताले नदिएको भन्दै राजीनामा घोषणा गरेका हुन् ।…
एमाले निकट अनेरास्ववियुका अध्यक्ष थपलियाको राजीनामा
काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष डा. सुजन थपलियाले राजीनामा दिएका छन् । थपलियाले विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरुले स्कूले पोशाकमा रहेको विद्यार्थीको प्राण…
पोखरा महानगरको कार्यालयमा आगजनी
पोखरा । जेनजी आन्दोलनमा सहभागी युवाहरुले पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । महानगर कार्यालय अघि खटिएका सुरक्षाकर्मीलाई हटाएर आन्दोलनकारीले कार्यालय कब्जा गर्दै आगजनी र तोडफोड गरेका हुन्…
ओलीको बालकोटस्थित निवासमा आगलागी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवासमा आगलागी भएको छ । जेनजी आन्दोलनमा सहभागी युवाहरुले बलकोटस्थित ओलीको निवासमा पुगेर तोडफोड र आगजनी गरेका हुन् । जेनजी आन्दोलनको दोस्रो…
गगन र विश्वप्रकाश भन्छन्- एमालेसँगको सहमतिको औचित्य सकियो, सभापतिले मन्त्री फिर्ता नबोलाए कदम चाल्छौं
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेकपा एमालेसँग भएको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको घोषणा गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वयले प्रधानमन्त्री केपी शर्मा…
गगन थापा निवासमा आगजनी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा निवासमा आगजनी गरिएको छ । जेनजी आन्दोलनमा सहभागी युवाहरुले रातोपुलस्थित थापाको निवासमा पुगेर तोडफोड र आगजनी गरेका हुन् । जेनजी आन्दोलनको दोस्रो दिन…
भारतको प्रतिक्रिया- घटनालाई नजिकबाट नियालिरहेका छौं, संवादमार्फत सम्बोधन होस्
काठमाडौँ । भारतले नेपालमा जारी जेनजीको आन्दोलन बारे प्रतिक्रिया दिदै घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै घनिष्ठ मित्र र छिमेकीको रुपमा सम्बन्धित सबैले संयम…


















