रुस पाकिस्तानलाई सस्तो मूल्यमा इन्धन उपलब्ध गराउन तयार

रुसले पाकिस्तानलाई सस्तो मूल्यमा तेल उपलब्ध गराउन तयार रहेको जनाएको छ । पाकिस्तानस्थित रुसी राजदूत अल्बर्ट खोरेवले यस्तो बताएका हुन् । उनले पाकिस्तानले औपचारिक रूपमा अनुरोध गरेमा रुसले कम मूल्यमा…

क्यूबालाई नियन्त्रणमा लिन सक्ने ट्रम्पको अभिव्यक्ति

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यूबालाई आफ्नो नियन्त्रणमा लिन सक्ने अभिव्यक्ति दिएका छन् । उनले ओभल कार्यालयमा पत्रकारसँग कुरा गर्दै कुनै न कुनै रूपमा क्यूबामाथि नियन्त्रण कायम गर्ने बताएका हुन् ।…

इजरायलको जासुसी आरोपमा एक व्यक्तिलाई इरानमा मृत्युदण्ड

इरानले इजरायलको जासुसी आरोपमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । ती व्यक्तिमाथि इजरायलको गुप्तचर निकायका लागि काम गरेको आरोप लागेको थियो । इरानको सरकारी समाचार एजेन्सी तसमिनका अनुसार उक्त व्यक्तिले…

इरानले पुष्टि गर्यो आफ्ना सुरक्षा प्रमुख लारिजानीको मृत्यु

अमेरिका, इजरायल र इरानबीच जारी रहदा इजरायलको आक्रमणमा इरानका सुरक्षा प्रमुख अली लारिजानी र उनका छोराको मृत्यु भएको पुष्टि भएको छ । इरानको इस्लामिक क्रान्तिकारी गार्डले  लारिजानीको मृत्युको पुष्टि गर्दै…

युरोपेली संघले होर्मुजमा युद्धपोत नपठाउने

युरोपेली संघले होर्मुज जलडमरूमध्यमा युद्धपोत नपठाउने जनाएको छ । संघकी विदेश नीति प्रमुख काजा कालासले युरोपेली देशहरू आफ्ना नागरिकलाई जोखिममा राख्न नचाहने भएकाले यस्तो निर्णय गरिएको बताएकी छन् । उनले…

बगदादस्थित अमेरिकी दूतावासमा विशेष प्रकारको सुरक्षा प्रणाली जडान

इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासको सुरक्षाका लागि विशेष प्रकारको सुरक्षा प्रणाली जडान गरिएको छ । रकेट र मानवरहित उड्ने उपकरणबाट हुने आक्रमण रोक्न प्रयोग हुने यस प्रणालीले खतरा देखिनेबित्तिकै आकाशमै…

ट्रम्पको चीन भ्रमण एक महिना पछि सर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धका कारण आफ्नो चीन भ्रमण सार्ने योजना बनाएका छन् । ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मार्च अन्त्यतिर हुने तय भएको भ्रमण करिब एक…

युएईको हावाई क्षेत्र अस्थायी रुपमा बन्द

संयुक्त अरब इमिरेट्स (युएई) ले इरानबाट भइरहेको आक्रमणका बीच आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । देशको नागरिक उड्डयन निकायले उडान र विमानकर्मीको सुरक्षा सुनिश्चित गर्न तथा राष्ट्रिय…

केन्यामा भिषण बाढी, अहिलेसम्म ६६ जनाको मृत्यु

अफ्रिकी देश केन्यामा भारी वर्षापछि आएको बाढीले स्थिति झनै खराब बनाएको छ । एक सातामा केन्यामा बाढीबाट मृत्यु हुनेको संख्या ६६  पुगेको छ । निरन्तरको वर्षाले नदीहरूमा पानीको बहाव बढेको…

युएइमा इरानको लगातार आक्रमण: अबु धाबीमा एक जनाको मृत्यु

 संयुक्त अरब इमिरेट्स (युएई) को अबु धाबीमा इरानले प्रहार गरेको क्षेप्यास्त्र खस्दा एक जनाको मृत्यु भएको छ । अबु धाबी सञ्चार कार्यालयका अनुसार अल बहयान क्षेत्रमा एउटा गाडीमाथि क्षेप्यास्त्र खसेको…